सर्लाही, चैत १२ः जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाध ईलाकाबाट सशस्त्र प्रहरीले २० वटा पोकामा रहेको करीव १ सय ८८ किलाे ९ सय ग्राम गाँजा बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको छ ।