काठमाडौं , साउन २९: राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पनि बकर इदमा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका थिए । प्रधानमन्त्री ओलीले बकर ईदमा सार्वजनिक विदा दिने आश्वासन दिएका राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए ।