द्विपक्षीय सैन्य छलफल आयोजना हुने

रिपोर्ट नेपाल | 2023 Mar 26 | 06:06 pm 1133

काठमाडाैं, चैत १२ः संयुक्त राज्य अमेरिकी सेना र नेपाली सेनाका बीच यही चैत्र १३ गतेदेखि १५ गते (तदानुसार 27-29th March, 2023) काठमाण्डौंमा Bilateral Land Forces 39 Talk आयोजना हुने भएको छ । सन् २०१८ देखि हरेक वर्ष नियमित रुपमा आयोजना हुँदै आएको यस किसिमको कार्यक्रम प्रत्येक वर्ष एकअर्को मुलुकमा आयोजना हुने गरेको छ । गत वर्ष यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको Hawaii मा सम्पन्न भएको थियो ।

यस पटकको छलफल Peace keeping, Humanitarian Assistance and Disaster Response (HADR), तालिम र Subject Matter Expert Exchange गरी चार विषयमा केन्द्रित रहनेछ ।

सम्बन्धित सम्पूर्ण निकायहरुसँग आवश्यक समन्वय र तयारी पूरा भईसकेको यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिव/उप सचिवहरुका साथै नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरु समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ । अमेरिकी सेनाको Pacific Command का Deputy Commander Major General Christopher Smith को कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुने उक्त छलफल कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी श्री अशोक राज सिग्देलले गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.