मनले चिताएको पुगेपछि….

रिपोर्ट नेपाल | 2023 Mar 24 | 06:07 pm 1445

मनले चिताएको पुगेपछि खुशि साट्नु पर्दछ ।
बिगतका दुःख ब्यथा बिर्सिअघि बढ्नु पर्दछ ।।
भाग्यमा श्री सबैजनाको लेखिएको पाईदैन ।
जति मिल्छ त्यत्तिमानै चित्त बुझाई बस्नुपर्दछ ।।

संघर्ष र त्याग गरेपछि सफलता पक्कै मिल्छ ।
सहि बाटो पइल्याईअग्रसर हुदै हिड्नु पर्दछ ।।
ईतिहास राख्नलाई सजिलो हुदैन है जिन्दगीमा ।
देख्ने अनुभुति हुने गरि सबैको भलो गर्नुपर्दछ ।।

उच्च महत्वकांक्षि नबन्नु जिबनमा कहिल्यैपनि ।
काम गर्नु फलकोआशा हैन सत्कर्म गर्नुपर्दछ ।।
कुभलो कदापी चिताउनु हुदैन शत्रुनै भएपनि ।।
जति सकिन्छ आफुबाट राम्रै गरेर जानु पर्दछ ।।
अजम्बरी बुटि खाको भेटिएको छैन कोहिपनि ।।
उजुनिमा भाग्यका लेखन्तसँग खुशि हुनुपर्दछ ।।

(लेखक नेपाल प्रहरीका प्रहरी उपरीक्षक हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.