1x BET मार्फत सट्टेबाजी गराउने ब्यक्तिहरु पक्राउ

रिपोर्ट नेपाल | 2023 Mar 22 | 05:14 pm 1289

काठमाडाैं, चैत ८ः 1x BET मार्फत सट्टेबाजी गराउने ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।बिश्वमा संचालन हुने बिभिन्न खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने Betting
Application 1X BET मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा Agent
हरु सक्रिय रहेको सुचनाको आधारमा यस कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मंगलबार उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायतका स्थानबाट पक्राउ गरेकाे हाे ।

६ जना Agent हरुलाई बिभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड जम्मा थान ३४६ सहित नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको छ।

पक्राउ परेका ब्यक्तिहरु:
1. जिल्ला जुम्ला चन्दन नाथ न.पा.वडा नं.६ खलङ्गा घर भई हाल जिल्ला भक्तपुर
लोकनथली बस्ने बर्ष २३ को दिलिप सिंह कठायत ।
2. जिल्ला जुम्ला चन्दन नाथ न.पा.वडा नं.१० गैरीगाँउ घर भई हाल जिल्ला भक्तपुर
लोकनथली बस्ने बर्ष २३ को भुपाल राज न्यौपाने ।
3. जिल्ला जुम्ला चन्दन नाथ न.पा.वडा नं.५ तलिवाडा घर भइ हाल जिल्ला भक्तपुर गठाघर
बस्ने बर्ष १९ को नयन राज भण्डारी ।
4. जिल्ला सर्लाही बलरा न.पा. वडा नं. ५ घर भई हाल काठमाण्डौ म.न.पा. वडा न. ३२
बस्ने वर्ष २८ को वरुण कुमार सिंह ।
5. जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ३२ को वासुदेव पाण्डे ।

6. जिल्ला काभ्रेपलाञ्चोक मादनकुडारी गा.पा. वडा नं. १ घर भई हाल का.जि. बालुवाटार
बस्ने बर्ष २६ की शिवानी तामाङ ।

अनुसन्धानबाट खुल्न आएका कुराहरुः
पक्राउ परेका व्यक्तिहरु मध्ये दिलिप सिंह कठायतले बिगत १ बर्ष देखि; भुपाल राज न्यौपानेले बिगत ९ महिना देखि; नयनराज भण्डारीले बिगत ६ महिना देखि; बरुन कुमार सिंहले बिगत ६ महिना देखि; शिवानी तामाङले आफ्नै नाममा खाता खोली रोसन गुरुङलाई उक्त खाता चलाउन दिई विगत ८ महिनादेखि र वासुदेव पाण्डेले बिगत १ महिना देखि 1X BET मा सट्टाबाजी गर्ने Agent को रुपमा कार्य गर्न थालेको ।

रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा बिभिन्न ब्यक्तिहरुको नाममा Digital Wallet/Account खोली कारोबार गर्ने गरेको । सो क्रममा निजहरुले ठूलो मात्रामा बिभिन्न सेवा प्रदायकहरुको सिम कार्ड समेत खरिद गर्ने गरेको ।

बिभिन्न Wallet बाट संकलन गरेको रकम पक्राउ पपरेका दिलिप सिंह कठायत, भूपालराज न्यौपाने र नयनराज भण्डारीले आफ्नै नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको २ वटा, INFIWAVE नामको नक्कली कम्पनीको खडा गरि उक्त नाममा २ वटा कर्पोरेट खाता गरि जम्मा १२ वटा खाता सञ्चालन गरि बेटिङ कारोबार गरेको । उक्त १२ वटा खाताहरु मध्ये कारोबार विवरण प्राप्त भएको ९ वटा खाता मार्फत् हालसम्म जम्मा रू. ७ करोड ७७ लाख ८७ हजार ३२८ बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी ३ वटा खाताको विवरण प्राप्त हुने क्रममा रहेको ।

पक्राउ परेका दिलिप सिंह कठायतको डेरा कोठाबाट बेटिङको रकन संकलन प्रयोजनका लागि वालेट खोल्न प्रयोग हुने NCELLको सिम ६३ थान, NTC को सिम १९ थान तथा SMART को १ वटा गरि जम्मा ८३ थान सिमकार्ड; भूपालराज न्यौपानेको साथबाट NCELL को ९१ थान, NTC को ४७ थान गरि जम्मा १३८ थान; नयनराज भण्डारीको साथबाट NCELL को ११६ थान, NTC को थान ६ सहित जम्मा १२३ थान ; बरुण कुमार सिंहको साथबाट NCELL को सिमकार्ड थान २ गरि कुल ३४६ थान सिमकार्ड समेत बरामद गरिएको ।

पक्राउ परेका बरुण कुमार सिंहले आफ्नै नाममा ४ वटा र बिभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरि जम्मा ८ वटा बैंक खाता खोली बेटिङ कारोबार गर्ने गरेकोमा कारोबार विवरण प्राप्त भएको १ वटा खातामा जम्मा रु. ८२ लाख ३२ हजार ७७० बराबरको कारोबार देखिएको र अन्य ७ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।

पक्राउ परेकी अर्का व्यक्ति शिवानी तामाङको जम्मा ३ वटा खातामार्फत् वेटिङ कारोबार
हुने गरेकोमा २ वटा खाताको प्राप्त विवरणमा जम्मा रु. ४७ लाख ९३ हजार १० बराबरको रकम कारोबार भएको देखिएको र १ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको ।

हाल सम्म अनुसन्धानको क्रममा खुल्न बिभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटहरुमा जम्मा रु. ४१ करोड १५ लाख ८९ हजार २७६ बराबरको बेटिङ कारोवार देखिएकोमा सो वालेटहरुको समेत कारोबार रोक्का राखी थप अनुसन्धान कार्य भई रहेको ।

अनुसन्धानका क्रममा बिभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खाता मार्फत् जम्मा रु. १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकम बेटिङ कारोबार देखिएकोमा सो बैंक खाताहरु समेत रोक्का राखी थप अनुसन्धान कार्य भैरहेको ।

प्राप्त भएका विवरण अनुसार पक्राउ परेका व्यक्तिहरुबाट हालसम्म जम्मा रु. ९ करोड ८
लाख १३ हजार १०८ बराबरको रकम बेटिङ मार्फत् कारोबार भएको देखिएको ।

बरामद सामाग्रीहरु:
1. बिभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान ।
2. विभिन्न कम्पनीको मोबाइल फोन थान-१० ।
3. बिभिन्न बैंकको चेकबुक थान-३ र एटिएम थान-१२।
4. ACER कम्पनीको ल्यापटप थान-१ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.