दैलेखमा ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनको मृत्यु एक घाइते

| 2023 Mar 22 | 01:23 pm 1465

दैलेख, चैत ८ः दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका ४ तालपोखरी बजार नजिक बुधबार विहान नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किसोर लम्सालले जानकारी दिए। लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन्। ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.