हात्तीको आक्रमणबाट राैतहटमा एक महिलाको मृत्यु

| 2023 Mar 20 | 04:02 pm 1417

रौतहट, चैत ६ः जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ।

राैतहटकाे धन्सार क्षेत्रकाे जंगलमा घाँस काटन गएकी एक महिलाकाे जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान साडे ९ बजे घाँस काटन गएकी चन्द्रपुर नगरपालिका वडा नं ४ बस्ने ४९ बर्षिय मीना मगरको मृत्युु भएको हाे । हात्तीकाे आक्रमणले मगरको घटना स्थल मै मृत्युु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले जनाएको छ ।

अहिले घटना स्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कुमार कर्ण, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटा लगायत पुगेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.