चिनियाँ राष्ट्रपतिको रुस भ्रमणले युक्रेन युद्ध अन्त्य गर्न सहयोग पुग्ला ?

| 2023 Mar 19 | 08:17 am 1229

काठमाडौं, चैत ५ः बेइजिङले रुस युक्रेनको जारी युद्ध समाधानका लागि सक्रिय भूमिका निर्वाह गरिहेको संकेत चिनियाँ राष्ट्रपति सी चिनफिङको सोमबारबाट हुने रुस भ्रमणले देखाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सीको भ्रमण विश्व शान्ति प्रवद्र्धनका लागि पनि भएको बताएका छन् । रुस–युक्रेन युद्धका कारण विश्वका धेरै देश प्रभावित भएका छन् । अर्थतन्त्र संकोचन हुन पुगेको अवस्था छ । जसका कारण सीको मस्को भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

‘राजनीतिक वार्ता नै द्वन्द्व र विवाद समाधान गर्ने एक उपाय हो । तरबार, एकपक्षीय प्रतिबन्ध र चरम दबाबले विरोधाभासलाई मात्र तीव्रता दिन्छ र तनाव बढाउँछ । जुन विश्वका अधिकांश देशहरूको हित र अपेक्षासँग मेल खाँदैन,’ वाङले भनेका छन्, ‘चीनले युक्रेन संकटजस्ता अन्तर्राष्ट्रिय र क्षेत्रीय हटस्पट मुद्दामा आफ्नो वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गर्नेछ र संकटको राजनीति समाधानमा रचनात्मक भूमिका खेल्ने छ ।’

चिनियाँ विदेशमन्त्री छिन ग्याङले युक्रेनी समकक्षी दिमिट्रो कुलेबासँग फोनमा कुराकानी गरेको एक दिनपछि शुक्रबार राष्ट्रपति सीको रुस भ्रमण घोषणा हुनु संयोग मात्र थिएन । झाङले मस्को र कीभबीच शान्ति वार्ता गर्न आह्वान गरेका थिए । चीनले भर्खरै मुस्लिम देशहरू इरान र साउदी अरेबियाबीच लामो दुष्मनीलाई अन्त्य गराएको छ । चीनले साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने सम्झौतामा मध्यस्थता गर्न मद्दत गरेपछि रुस र युक्रेनमा उसको ध्यान केन्द्रित भएको देखिन्छ । घटनाक्रमले युक्रेनको द्वन्द्व अन्त्य गर्न बेजिङको भूमिका बढाएको देखिन्छ ।

फुडान विश्वविद्यालयका रुसी मामिला विशेषज्ञ फेङ युजुनले रुस र युक्रेनबीच शान्ति वार्तालाई प्रवद्र्धन गर्ने चीनको इच्छा रहेको बताए । युद्धविराम र शान्ति वार्ताको प्रद्र्धधन अझ सकारात्मक र स्पष्ट भएको याङले बताएका छन् ।

चीनको रुससँग बलियो सम्बन्ध छ भने रुसको आक्रमणपछि युक्रेनसँग पनि उसले सञ्चार कायम राखेको छ । मस्को भ्रमणको अतिरिक्त राष्ट्रपति सीले आफ्नो युक्रेनी समकक्ष जेलेनस्कीसँग पनि कुरा गर्न सक्ने अनुमान गरिएको छ । यो द्वन्द्व इरान र साउदी अरेबियाबीचको द्वन्द्वजस्तो नभएकाले चीनले युक्रेनमा भएको युद्धलाई समाधान गर्न मद्दत हुनेमा आशावादी भइहाल्न सक्ने अवस्था भने छैन । इरान–राउदी द्वन्द्वको जरा धार्मिक र भूराजनीतिक मुद्दा हुन् भने रुस–युक्रेन मुद्दा पूर्णतया फरक छ ।

युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध प्रक्राउ पुर्जी

प्रक्राउ हुन सक्ला ?

हेगस्थित अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट (आईसीसी)ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गिरफ्तार वारेन्ट जारी गरेको छ । ब्लादिमीर पुटिन विश्वका सर्वाधिक शक्तिशाली नेतामध्येका एक मानिन्छन् । आईसीसीले पक्राउ पुर्जी जारी गरेका पुटिन तेस्रो राष्ट्रपति हुन् ।
राष्ट्रपति पुटिनविरुद्ध युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउन मिल्ने पर्याप्त सबुत भएको बताउँदै आईसीसीले उनीविरुद्ध गिरफ्तार वारेन्ट जारी गरेको हो । आईसीसीले युक्रेनबाट सयौं बालबालिकालाई अनाथालय र बालगृहबाट रुसमा लगेको आरोप लगाएको छ । १७ मार्चमा जारी कोर्टको आदेशमा राष्ट्रपति पुटिनका साथमा मारिया लभोभा बेलोभाविरुद्ध पनि गिरफ्तार वारेन्ट जारी गरिएको छ । बेलोभा रुसको चिल्ड्रेन्स राइट्सका कमिस्नर हुन् ।

आईसीसीका अध्यक्ष पीओटर होफम्यानस्कीले थप अपराधहरू रोक्न प्रयासस्वरु वारैन्ट सार्वजनिक गर्ने निर्णय न्यायाधीशले गरेको बताए । जेनेभा महासन्धिविपरीत बालबालिकाको स्थानान्तरण गरिएको उल्लेख छ ।

गिरफ्तार वारेन्ट यस प्रक्रियाको पहिलो कदम भएको बताइएको छ । रुसले उनलाई आफंै इन्टरनेसनल क्रिमिनल कोर्टमा बुझाउने सम्भावना देखिँदैन । जबसम्म पुटिन रुसमा रहनेछन् तबसम्म उनलाई कुनै खतरा नरहेको विश्लेषक बताउँछन् । यदि उनले रुस छोडेको खण्डमा भने उनलाई हिरासतमा लिन सक्नछन् । यसअघि नै कतिपय देशले उनलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइसकेका छन् । २०२२ को फेब्रुअरीमा युक्रेनमाथि रुसले युद्ध सुरु गरेकोपछि राष्ट्रपति पुटिनले आठ देशको मात्र भ्रमण गरेका छन् । यसमध्ये सात देश त कुनै समय सोभियत संघका अंश भएका देश थिए । त्यसबाहेक उनी इरान पुगे । उनी अघिल्लो वर्षको जुलाईमा इरानमा पुगी त्यहाँका सर्वाेच्च नेता आयातुल्लाह अली खामनेइसँग भेट गरेका थिए । इरानले ड्रोन र सैन्य हार्डवेयर आपुर्तीमा रुसलाई सहयोग गरेको छ ।

इन्टरनेसनल क्रिमिनल कोर्ट सन् २००२ मा स्थापना भएको हो । रोम विधान नामक सन्धिको आधारमा यो अदालत स्थापना भएको हो । रुसबाहक केहि देशले यस विषयमा समर्थन गरेका छैनन् । आईसीसीले अर्काे पक्ष उपस्थिति नभए सुनुवाई गर्दैन । १२३ देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानमा सदस्य राष्ट्रहरू हुन् । तीमध्ये ३३ अफ्रिकी राज्यहरू छन् । एसिया प्यासिफिकबाट १९ वटा देश सदस्य छन् । पुर्वी युरोपका १८, ल्याटिन अमेरिका र क्यारिवियन २८ देश छन् । २५ पिश्चमी युरोपेली देश सदस्य छन् । हेगले अहिलेसम्म पुटिनसहित ४० व्यक्तिलाई अभियोग लगाएको छ । तीमध्ये १७ जनालाई हेगमा हिरासतमा राखिएको छ । १० जनालाई अपराधमा दोषी ठहर गरिएको छ र चार जनालाई सफलता दिएको छ ।

युक्रनेका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले यसो विषयमा बोल्दै आईसीसीको वारेन्ट सुरुवात मात्र भएको बताएका छन् । उनले आईसीसीको निर्णयको स्वागत समेत गरेका छन् । पुटिनविरुद्धको गिरफ्तारी वारेन्ट अपमानजनक र अस्वीकार्य भएको रुसले जनाएको छ । जब पुटिनको सेना युक्रेन पुगेको थियो । धेरैको अनुमान थियो कि युक्रेनले रुसको अगाडि घुँडा टेक्ने छ । तर, अहिलेसम्म यो स्थिति बनेको छैन । उल्टै युक्रेन भिडिरहेको छ । कतिपय विज्ञले पुटिनको पतको आशंका पनि गरिरहेका छन् । रुसका पूर्व डिप्लोम्याट बोरिस बोन्डारेभले भनेका छन् कि पुटिनले आफ्नो शर्तमा जारी युद्ध जित्ने सम्भावना कम रहेको र उनलाई पद छोड्न बाध्यन बनाउन सकिने छ । उनले भनेका छन्, ‘पुटिन कुनै सुपर हिरो होइन । उनीसँग कुनै सुपर पावर छैन । उनी एक साधारण तानाशाह हुन् । उनलाई राष्ट्रपतिबाट हटाउन सकिन्छ ।’

वाइडेनले गरे स्वागत

अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्नो रुसी सकमक्षी भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकोमा स्वागत गरेका छन् । वारेन्ट जारी गर्नुले बलियो आधार खडा गनृै विडेनले भनेका छन् । उनले पत्रकारहरूलाई भने,‘उनले स्पष्ट रुपमा युद्ध अपराध गरेका छन् ।’

वाइडेनको प्रशासनले यस अघि युक्रेनको द्वन्द्वमा रुसले युद्ध अपराध गरेको भनि औपचाकिर रुपमा निर्धारण गरेको थियो । अमेरिकाले आईसीसीको गैर सदस्य राष्ट्रका नागकिरलाई मुद्दा चलाउन नसक्ने अमेरिकी अडान थियो । अमेरिकाको अन्तर्राष्ट्रिय अदालतसँग कुनै समय शत्रुतापूर्ण सम्बन्ध समेत रहेको थियो । विशेषगरी २००२ मा तत्कालिन राष्ट्रपति जर्ज डब्ुलु बुशले यो स्थापना गर्ने कानुनमा हस्ताक्षर गरेका थिएनन् । सन् २०२० मा पनि ट्रम्प प्रशासनले अफगानिस्तानमा अमेकिरी सेनाले युद्ध अपराध गरकेो आरोपमा छानविन गरिहेका बेला आईसीसीका प्रमुख प्रतिनिधिविरुद्ध प्रतिबन्ध लगाइएको थियो ।

मस्कोले ग-यो निन्दा

मस्कोले आरोपलार्ई अस्वीकार गरेको छ र वारेन्टलाई अपमानजनक भनी निन्दा गरेको छ । रुस आईसीसी सदस्य राष्ट्र हाईन । द हेगमा रहेको अदालतको त्यहाँ कुनै अधिकार रहँदैन । पुटिनलाई अन्तर्राष्ट्रिय यात्रामा असक्षम बनाउन सक्छ । १२३ सदस्य राष्ट्रमा पाइला राखे उनलाई पक्राउन गर्न सक्छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.