फागुपूर्णिमाकाे अवसरमा प्रधानमन्त्री दाहालद्वारा शुभकामना व्यक्त

रिपोर्ट नेपाल | 2023 Mar 06 | 08:48 am 1149

काठमाडौँ, फागुन २२ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमाका अवसरमा शुभकामना दिएका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लाससाथ हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने होली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामनामा नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायबीच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशीला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले होली पर्वको शुभकामना दिँदै यस पर्वले मुलुकको सामाजिक, सांस्कृतिक सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै सबै नेपालीमा सुख, शान्ति र समृद्धि प्राप्ति होस् भन्ने कामना गरेका छन् ।

May be an image of text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.