-
शंकर रिखाम मगर
उदयपुर फागुन, २१ः रौता स्पोर्टस् क्लब रौतामाई ७ को व्यवस्थापन तथा जिल्ला फुटबल संघ उदयपुरको समन्वय र रौतामाई गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाई फुटबल कपको फाइनल खेल गाइघाट र फत्तेपुरबीच भएको खेलमा ४ को विरुद्ध ५ गोलले गाइघाट विजयी भएका छन् ।

फाइनल फुटबल खेलमा न्यु त्रीयुगा फुटबल क्लब फत्तेपुर सप्तरी र गाइघाट फुटबल क्लब उदयपुर बीच भएको थियो । उक्त खेल सुरु भएको ७औं मिनेट बित्न नपाउदै गाइघाट फुटबल क्लबका जर्सी नम्वर ९ का खेलाडी कृष्ण थापाले पहिलो गोल गरेका थिए । खेलको मध्यान्तर पछिको निकै नै घम्सा घम्सिपछि २६औं मिनेटमा न्यु त्रीयुगा फुटबल क्लब फत्तेपुरका जर्सी नम्वर १२ का खेलाडी निरज चौधरीले १ गोल गरी खेललाई बराबरीको अंकमा टुङ्ग्याएका थिए ।
त्यसपछिको टाईब्रेकरमा ४ को विरुद्ध ५ गोलले गाइघाट विजयी भएका थिए ।

विजेता तथा उपेविजेता समूहलाई रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर, उपाध्यक्ष भुपेन्द्रवहादुर थापा, रौतामाई शिक्षा शाखा प्रमुख गोविन्द कार्की, रौता स्पोर्ट क्लवका अध्यक्ष हरि आले मगर सहितको विशिष्ट अतिथिहरुले नगदसहित ट्रफि, मेडलले सम्मान गरेका थिए ।

७ दिनसम्म सन्चालित फुटबल खेलमा म्यान अफ दि म्याच गाइघाटका गोलकिपर निमछिरिङ्ग शेर्पाले नगद १ हजार रुपैयाँ सहित मेडल हात पार्न सफल भएका थिए भने सर्वोत्कृष्ट गोलकिपर पनि निमछिरिङ्ग शेर्पानै घोषित भई नगद २ हजार ५ सय रुपैयाँको साथमा मेडल प्राप्त गरेका थिए । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी गाइघाटकै युवराज थापाले नगद ३ हजार रुपैयाँ सहित मेडल, वेष्ट मिड फिल्डर गाइघाटकै खेलाडी अमन लामाले नगद २ हजार ५ सय रुपैयाँ सहित मेडल, सर्वाधिक गोल गर्ने गाउघाटकै खेलाडी दिपक खपाङ्गी मगरले नगद २ हजार ५ सय रुपैयाँ सहित मेडल साथै वेष्ट डिफेण्डरमा फत्तेपुर तर्फका खेलाडी मुकेश माझिले नगद २ हजार ५ सय रुपैयाँ र मेडल प्राप्त गेरका थिए भने वेष्ट कोचमा गाइघाटका किरण कार्किले नगद २ हजार ५ सय रुपैयाँ पाउन सफल भएका छन ।

खेलको समापन समारोहमा रौतामाई गाउँपालिका शिक्षा शाखा प्रमुख गोविन्द कार्किको सभापतित्व तथा रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले मगरको प्रमुख अतिथी त्यसैगरि विशेष अतिथिहरुमा पालिका उपाध्यक्ष भुपेन्द्रवहादुर थापा, जिल्ला निर्वाचन कार्यलय प्रमुख खेमराज कोइराला, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्का लगाएत उदयपुर जिल्ला फुटवल संघ अध्यक्ष रन्जन कार्किको उपस्थिती रहेको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका १६ स्थित उदयपुर सिमेण्ट उद्योग लिमिटेड खानी महाशाखा सुकौराको खेलमैदानमा ७ दिन अगाडि देखि भएको प्रतियोगितामा उदयपुर, सिरहा र सप्तरी जिल्ला गरी आठ समुहले सहभागिता जनाएको रौता स्पोर्ट क्लवका सचिव टेकराज रिखाम मगरले जानकारी दिए।
उक्त प्रथम फाइनल खेल खेलाउने क्रममा रेफ्रीहरु कुमार आले मगर (राजु) को साथमा तिलक विक, अम्वरवहादुर राई, विजय राई र रुपेश मगर रहेका थिए ।