फेवातालमा डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु

| 2023 Mar 04 | 09:21 pm 1753

कास्की, फागुन २०ः पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी एक बृद्धाको मृत्यु भएको छ । एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका १ बगरको एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । सबैले लाईफ ज्याकेट लगाए पनि वृद्धालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको प्रहरीको भनाई छ । छ जना बेपत्ता भएकोमा ५ जनाको सकुशल उद्धार गरिएको हो भने एक जनालाई बेहोस अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बृद्धा महिलालाई बेहोस अवस्थामा उद्धार गरि गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.