रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2023 Mar 03 | 07:58 pm 1705

काठमाडाैं, फागुन १९ः रक्षा क्षेत्रमा क्रियाशिल मिडियाकर्मीहरुलाई नेपाली सेनाबारे जानकारी दिँदै सेना र सञ्‍चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने हेतुले विभिन्न सञ्‍चार माध्यमका २० जना संवाददाताहरुलाई सहभागी गराई मिति २०७९ फागुन १४ गतेबाट कैलालीस्थित श्री सुदूर पश्चिम पृतना हे.क्वा. मा संचालन भएको Defence Correspondent Orientation Programme (DCOP) कार्यक्रम आज शुक्रबार सम्पन्‍न भएको छ ।

उक्त कार्यक्रममा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुका बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गर्नुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज लगायतका इलाकाहरुको भ्रमण गराईएको थियो ।

सुदूर पश्चिम पृतनापति उपरथी श्री विजय थापाको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाका प्रवक्ता सहायक रथी श्री कृष्ण प्रसाद भण्डारी, पृतनाका अधिकृतहरु र नेपाल टेलिभिजनका कार्यकारी दृश्य सम्पादक मिश्रीलाल यादवको उपस्थिती रहेको थियो।

देशका विभिन्‍न भागमा कार्यरत सञ्‍चारकर्मीहरुलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उद्देश्यले पृतनाहरुको समन्वयमा यस किसिमको कार्यक्रम आयोजना हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.