इनेष्पेक्टर सरुवामा दलालदेखि आइजीपीको राइदाई

रिपोर्ट नेपाल | 2023 Mar 01 | 03:16 pm 10113

काठमाडौं, फागुन १७ः नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार गरिएको इनेष्पेक्टर सरुवामा राम्रो चलखेल भएको बताइएको छ ।

सेवा निवृत्त हुन २५ दिन बाँकी रहँदा १ सय ३९ जना प्रहरी निरीक्षक (इनेष्पेक्टर) को काज गरिदा विवादीत व्यापारी अमर किशोर सिंहको सिफारिसमा मनोज यादव देखि ७ जना निरीक्षक राम्रो नजराना बुझाएर काज सरुवामा परेका छन् । यादवलाई महोत्तरीको मालदार अड्डा मानिने इलाका प्रहरी कार्यालय गौशाला काज सरुवा गरिएको छ ।

आफूलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको भित्रिया भएको बताउने भारतको मोतीहारी स्थायी निवासी अमर किशोर सिंहको हुण्डी देखि सुन तस्करी गर्ने गिरोहसँग राम्रो हिमचिम भएको बुझिएको छ ।

वषौं देखि दुर्गममा रहेका र प्रधान कार्यालयको पर्खाल बाहीर देख्न नपाएका थुप्रै प्रहरी निरीक्षक नजराना चढाउन नसक्दा यो सरुवामा पनि मुटु माथि ढुंगा राखेर बस्न बाध्य भएका छन् । यो सरुवामा जति नजरानालाई महत्व दिईएको छ त्यसैगरी जातियतालाई उत्तिकै महत्व दिइएको छ ।

प्रहरी महानिरीक्षक सिंह ठकुरी भएकोले ११ जना ठकुरी प्रहरी निरीक्षकलाई मालदार ठाउँमा काज सरुवा गरिएको छ । त्यसरी मालदार ठाउँ फेला पार्नेमा उज्जवल बहादुर सिंहलाई इलाका प्रहरी कार्यालय सालझण्डीको कमाण्डर बनाएर पठाइएको छ । त्यसैगरी उदय शमशेर राणालाई इलाका प्रहरी कार्यालय बेलबारी मोरङ, कृष्ण बहादुर चन्दलाई जिल्ला ट्राफिक कार्यालय कास्की, नरेश बहादुर शाहीलाई इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तु, प्रकाश शाहलाई इलाका प्रहरी कार्यालय चन्द्र निगाहापुर रौतहट, राजेश शाही प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा, वसन्त बहादुर शाही इलाका प्रहरी कार्यालय धनौरा ढोडरी बर्दिया, सन्दीप चन्द शाही इलाका प्रहरी कार्यालय बलौरी कंचनपुर, आयुतोष बहादुर शाही इलाका प्रहरी कार्यालय श्रीपुर पर्सा, सूर्य बहादुर शाही इलाका प्रहरी कार्यालय अर्जुनी कंचनपुर र शेखरजंग मल्ललाई वडा प्रहरी कार्यालय चन्द्रौटा काज सरुवा गरिएको छ ।

नेपाल प्रहरीकाे इतिहासमा सुगम ठाउँबाट सुगम ठाउँमा यतिधेरै प्रहरी निरीक्षककाे काज सरूवा भएकाे याे पहिलाे रेकर्ड हाे । प्रहरी महानिरीक्षक सिंहले जातियताकाे मात्र नभएर आफ्ना आसेपासेकाे पनि मालदार ठाउँमा सरूवा गरेका छन् । आफ्नै निवासमा तिलक सुनारलाई जिल्ला ट्राफिक कार्यालय बाँके, शेखर साहलाई जिल्ला ट्राफिक कार्यालय धनुषा जनकपुर, काेशिसबाबु रेग्मी इलाका प्रहरी कार्यालय पिपर, कमर्चारी प्रशासन शाखाका लेखनाथ मैनालीलाई जिल्ला ट्राफिक कार्यालय नवरपरासी र शंकर श्रेषठलाई वडा प्रहरी कार्यलय लमही दाङ काज सरूवा गरेका छन् । पहाडी जिल्लाका कुनै पनि प्रहरी निरीक्षककाे सरूवा नभएर तराइका मालदार ठाउँमा मात्र काज सरूवा गरिएकाे छ ।

स्मरण रहोस न्यूरोडमा व्यवसाय गर्ने भारतीय नागरिक अमर किशोर सिंहको सकृयतामा प्रहरी सेवा ३० वर्षेबाट हटाउनका लागि हुण्डी कारोबारी देखि सुन तस्करहरुको कालिमाटी आसपासमा बैठकहरु भईरहेको समाचार स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.