सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद

रिपोर्ट नेपाल | 2023 Feb 28 | 08:41 am 1397

रौतहट, फागुन १६ः जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित
शिवनगरबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.