सिंहदरबारभित्रका क्यान्टिनको खाना अयोग्य

| 2023 Feb 28 | 08:02 am 1045

काठमाडाैं, फागुन १६ः प्रमुख प्रशाकीय केन्द्र सिंहदरवार परिसर भित्र रहेको क्यान्टिन खान अयोग्य देखिएको छ। वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीहरूले आइतबार सिंहदरवारभित्रको केन्द्रीय क्यान्टिन कञ्चन चमेनागृहमा अकस्मात अनुगमन गरेका थिए।

विभागको टोली क्यान्टिनमा निरीक्षण गर्न पुग्दा चमेना गृहभित्र खानयोग्य अवधि सकिएका, कुहिएका, लेबल नभएको मसला प्रयोग गरिएको, क्यान्टिनमा दुर्गन्धित मासु राखिएको जस्ता कैफियत भेटएको विभागका महानिर्देशक महेश भट्टराईले बताए। उनका अनुसार विभागले अब सिंहदरबारभित्रका क्यान्टिनमा नियमित अनुगमन गर्ने तयारी गरेको छ। विभागका अनुसार निरीक्षणको क्रममा दुर्गन्धित तरकारी फेला परेका थिए। दुर्गन्धित र खाना आयोग्य वस्तु तत्कालै नष्ट गरिएको भट्टराईले जनाए। ‘हामीले गरेको अनुगमनमा सिंहदरबारभित्र रहेको कञ्चन चमेना गृह खान अयोग्य भेटियो,’ भट्टराईले भने।

विभागले तत्काले क्यान्टिनका सञ्चालक उत्तम भट्टराईलाई उपभोक्ता हितविपरीत काम गरेको आरोपमा ३ लाख रूपैयाँ जरिवाना गर्ने गरेको छ। विभागले हरेक वर्ष सिंहदरबार परिसरभित्र रहेका क्यान्टिनको अनुगमन गर्ने गर्छ तर अनुगमनको क्रममा हरेक वर्ष धेरैजसो क्यान्टिनमा खाना अयोग्य भएको रिपोर्ट विभागले तयार गर्ने गर्छ तर क्यान्टिनमा सुधार हुन सकेको छैन। सरसफाइमा पनि क्यान्टिन सञ्चालकले ध्यान नदिएको अनुगमनमा गएका कर्मचारीहरूको भनाइ छ।

सिंहदरबार परिसरभित्र केन्द्रिय क्यान्टिन सञ्चालन गर्न सिंहदरबार सचिलाय सञ्चालन तथा व्यवस्थापन कार्यालयले टेण्डर आह्वान गर्ने गर्छ। टेण्डर पार्न क्यान्टिनका सञ्चालकले १० थरी वस्तुको मूल्य निकै कम राख्ने गर्छन् तर कम मूल्य राखिएका वस्तु बिहानै सकिन्छन्। मूल्य बढी भएका वस्तुहरू भने साँझसम्म उपलब्ध हुने गर्छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.