लामाे समयपछि काठमाडाैंमा हल्का वर्षा

रिपोर्ट नेपाल | 2023 Feb 26 | 04:07 pm 1653

काठमाडाैं, फागुन १४ः लामाे समयपछि आइतबार काठमाडौंमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.