काठमाडौं साउन २८: प्रभावकारी कानून नहुँदा बजारमा सर्वसाधरण ठगिएको गुनासो बढिरहँदा सरकारले संसदमा आज उपभोक्ता संरक्षण विद्येयक प्रस्तुत गर्दैछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले उपभोक्ता संरक्षण विद्येयक अपरान्ह १ वजे वस्ने प्रतिनिधीसभा वैठकमा प्रस्तुत गर्न लागेका हुन्।
यसअघि उपभोक्ता संरक्षण ऐन २०५४ र नियमावली ५६ अनुसार बजार अनुगमन गरेपनि कालोवजारी र अनियमितता गर्नेलाई कारवाही गर्न नसकिएपछि सरकारले संशोधन गरेको हो। सरकाले लामो समयदेखि बजार अनुगमन गर्दै आएको छ तर प्रभावकारी परिणाम आउन सकेको छैन।
बजार अनुगमनमा जाने कर्मचारीलाई पुर्ण अधिकार, स्थलगत कारवाही, जरिवाना रकम वृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखेर विद्येयक बनाईएको मन्त्रालयका सचिव चन्द्र घिमिरेले जानकारी दिए । उनले भने, विद्येयक आज संसदमा टेवल हुदैछ, विद्येयक परित भयो भने उपभोक्ता अधिकारका क्षेत्रमा परिणाम मुखी काम गर्न सकिन्छ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले बजार अनुगमन नियमित भएपनि कानून फितलो भएपछि अहिलेसम्म परिणाम आउन नसकेको स्वीकार गरे । सरकारले संसदमा टेवल गर्न लागेको विद्येयक प्रति नेपाल चेम्वर अफ कमर्शले भने आपत्ति जनाएको छ।
निजी क्षेत्रसंग प्रत्यक्ष जोडिएको विषयमा आफुहरुसंग सल्लाह नै नगरि व्यवसायिक वातावरणमा खलल पुर्याउने गरि विद्येयक ल्याएको चेम्वरले आरोप लगाएको हो। बजारलाई व्यवस्थित र मर्यादित बनाउन संयुक्त बजार अनुगमनको व्यवस्था र नीजि क्षेत्रको सहभागिता हुनुपर्ने चेम्वरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।