दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

रिपोर्ट नेपाल | 2023 Feb 23 | 08:20 am 1453

काठमाडाैं, फागुन ११ः दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रुकुम सानीभेरी गा.पा. वडा नं.२ स्थाई घर भई हाल काठमाडाैं टोखा न.पा. वडा नं. ५ सामाखुसी बस्ने ३१ वर्षीय दलविर वि.क रहेका छन् ।

उनले रुकुम पश्चिम चौरजहारी न.पा. वडा नं. ८ बस्ने वर्ष ३० को भिम प्रकाश बुढाथोकी समेतलाई वैदेशिक रोजगारीको लागि दुबई जान रु. ३ लाख रुपैयाँ  लाग्छ, सम्बन्धित देशमा पुगेपछि सेक्युरिटीगार्डमा काम लगाइदिन्छु मासिक रु. ६० हजार तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेका थिए ।

पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ६ लाख रुपैयाँ  रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा निगरानीमा खटिएको प्रहरी टोलीले  वि.क लाई खोजतलास गर्ने क्रममा हिजाे बुधबार कामनपा वडा नं. २६ सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.