उदयपुरमा पहिलो गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

| 2023 Feb 21 | 09:34 pm 3537

  • शंकर रिखाम मगर

उदयपुर फागुन, ९ः उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ७ स्थित रहेको रौता स्पोर्ट क्लव मुर्कुचीको आयोजनामा यहि फागुन १५ गतेबाट प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र शिक्षाका लागि खेल भन्ने मुलनाराका साथ खेलाइने उक्त फुटबल प्रतियोगितामा उदयपुरगढी, फत्तेपुर सप्तरी, गोलवजार सिराहा, कटारी उदयपुर, बसाहा–११, फ्युजन क्लब, गाइघाट फुटबल क्लब र आयोजक मुर्कची सहित ८ समुहले सहभागिता जनाउने रौता स्पोर्ट क्लबका अध्यक्ष हरी आले मगरले जानकारी दिए ।

सो फुटबल प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने समुहलाई नगद ३० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मगरले बताए ।

खेलको क्रममा दैनिक रुपमा एकजना म्यान अफ दि म्याच घोषणा गरि उक्त खेलाडिलाइ नगद १ हजार रुपैयाँ प्रदान गरिने र खेलको अन्तिम तथा समापनको दिनमा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र गोल रक्षकलाई नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।

उक्त फुटबल खेल फागुन १५ गतेबाट संचालन गरि २१ गते फाइनल तथा समापन गरिने आयोजकले बताएको छ । आयोजित फुटबल खेल त्रीयुगा नगरपालिका वडा नम्वर १६ स्थित उदयपुर सिमेण्ट उद्योग लिमिटेडको खानी महाशाखा सुकौराको खेल मैदानमा हुने छ ।

खेलको उद्घाटन समारोह रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले मगरको प्रमुख अतिथिमा संचालनहुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.