सुनसरी, फागुन ६ः जिल्लाको हरिनगर गाँउपालिका ७ स्थित देवानगंज पुल नजिकबाट फागुन सशस्त्र प्रहरीले करीब २८ किलाे गाँजा र ट्रयाक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल नेपाल बिओपि घुस्की सुनसरीले सोही जिल्लाको दुहबि नगरपालिका ४ बस्ने २० बर्षिय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागि जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको ३ वटा बोराभित्र १४ पोकामा उल्लेखित परिमाणको गाँजा फेला परेको हो । नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।
सशस्त्र प्रहरीद्वारा चोरपैठारीको सामान बरामद
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब २ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।