काठमाडौं, फागुन ४ः ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारले जानकारी दिए । उनी ८८ वर्षकी थिइन्।
उक्त ग्यास विस्फाेटमा घाइते भएका नेता डा. चन्द्र भण्डारीकाे थप उपचारका लागि भारतमा लग्ने तयारी भइरहेको छ । उनको २५ देखि ३० प्रतिशत शरीर जलेकोअस्पतालले जनाएको छ ।