विद्यालयलाई सहयोग गर्नेहरू सम्मानित

रिपोर्ट नेपाल | 2023 Feb 16 | 08:31 am 1121

पाँचथर, फागुन ४ः पाँचथरको फिदिम ७ मा सञ्चालित रानिटार माध्यमिक विद्यालयले विद्यालयको विकास र उन्नयनमा सहयोग पुर्याएको भन्दै जग्गादाता, चन्दादाता, पूर्व अध्यक्ष र पूर्व शिक्षकलाई सम्मान गरेको छ ।

विद्यालयले बुधवार एक समारोह आयोजना गर्दै ५० भन्दा धेरै जग्गादाता, चन्दादाता र पूर्व शिक्षकलाई सम्मान गरेको हो । कार्यक्रममा संस्थापक जग्गादाता नरबहादुर गुरुङ , नरमाया तामाङ, संस्थापक अध्यक्ष देवीप्रसाद बाँस्कोटा, डिकबहादुर गुरुङ ,पदमबहादुर गुरुङ र टेकनाथ बाँस्कोटाको परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।

यसै गरी पूर्व अध्यक्षहरू प्रेम प्रसाद अधिकारी, वीरेन्द्र बाँस्कोटा,जयप्रकाश बाँस्कोटा,बलबहादुर गुरुङ,सूर्य बहादुर तामाडलाई पनि सम्मानित भएका छन् ।

विद्यालयले पूर्व शिक्षकहरू  टीका प्रकाश बाँस्कोटा, नित्यानन्द अधिकारी,लाल बहादुर राई,ज्ञानेन्द्र अधिकारी,विश्व गुरुङ,हर्क बहादुर गुरुङ,लाख बहादुर आडदेम्वे ,धनञ्जय बाँस्कोटा,तुलसी बाँस्कोटा,लीला खनाल, प्रकाशचन्द्र खनाल,टीकाराज खतिवडा,नरहरि ढुगाना,दिल बहादुर गुरुङ,दीपेन्द्र अधिकारी, त्रिलोचन बाँस्कोटा,ध्रुव बाँस्कोटा,सुर्यज्योती नेम्वाड ,पुण्य चौलागाइ ,सूर्य अधिकारी ,विशाल राई,हरिकृष्ण मिश्र,हिमाली नेम्वाड,अनिता अधिकारी,घनश्याम निरौला,विष्णु कुमारी तामाङ,गोविन्द पौडेल,गोविन्द निरौला ,सीता बजगाईँ,चन्द्र कुमारी राई,सुरेन्द्र न्यौपाने,सीता फुयाल,कैलाश गुरुङ,  प्रदीप मिश्र,निश्चल पौडेल,बिनोद राई लाई पनि सम्मानित गरिएकाे छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.