गुल्मीको अर्लाङकोटमा विराट ज्ञानमहायज्ञ हुने

रिपोर्ट नेपाल | 2023 Feb 13 | 01:58 pm 4297

गुल्मी, फागुन १ः मुसिकोट नगरपालिका वडा नं. ९ अर्लाङकोटमा रहेको ज्ञानज्योती आधारभुत विद्यालयलाई माध्यमिक स्तरको विद्यालय बनाउन धनधान्याचल सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । महायज्ञका विषयमा जानकारी दिँदै तत्कालिन अर्लाङकोट गाउँ विकास समितिका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले फागुन ९ गते शोभा कलश यात्रा र उद्घाटन हुने जनाएका छन् ।

No description available.

गाउँ बस्तीका बालबालिका शिक्षाको उज्यालो घामबाट बंचित हुन नपरोस भन्दै २०५४ साल बैशाख १ गते प्राथमिक विद्यालयको स्थापना गरी कक्षा संचालन गरिएको थियो । विद्यालयको रजत महोत्सवको अवसर पारेर माध्यमिक स्तरको कक्षा संचालनार्थ फागुन १६ गते सम्म महायज्ञ हुने कुरा महायज्ञका मुल समारोह समितिले जनाएको छ ।

रजत महोत्सव प्रधान संरक्षक हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वति महाराज, महोत्सवका संरक्षक दुर्गावैदिक परमानन्द सन्यास आश्रम नयाँमिलका प्रमुख आश्रमाधिपति १००८ स्वामी विवेकानन्द सरस्वति महाराजको सान्निध्यमा सम्पन्न हुने कुरा पूर्व गाविस अध्यक्ष माधव खरेलले बताए ।

No description available.

महायज्ञमा प्रतिष्ठित कथाकार चेतराज कँडेल प्रमुख बाचकको रुपमा रहने र पंडित पूर्णभद्र गौतमको यज्ञाचार्यत्वमा सम्पन्न हुने जनाइएको छ । महायज्ञको काठमाडौं उपत्यकामा व्यापक प्रचार प्रसार र सहभागिता जनाउन आइतबार पूर्व गाविस अध्यक्ष माधव खरेलको सकृयतामा एक कार्यक्रम गरिएको थियो ।

महायज्ञमा दान गर्ने दानबीरलाई रकम अनुसारको सम्मान गरिने कुरा आयोजकले जनाएका छन् । महायज्ञमा एक करोड माथि सहयोग गर्ने दानबीरलाई नेपाल सरकार शिक्षा ऐन र नियमावलीको निति नियमको परिधिभित्र रही यथोचित सम्मान गरिने जनाइएको छ ।

धनधान्याचल सप्ताह ज्ञानमहायज्ञबाट प्राप्त रकमबाट ज्ञानज्योती आधारभुत विद्यालयको स्तरबृद्धी गरी माध्यमिक तहको कक्षा संचालन गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरा पनि आयोजकले बताएका छन् । अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले महायज्ञलाई भब्य र सभ्य बनाउन तन, मन र धनले सहयोग गर्न आग्रह गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.