8th COAS Open Marathon And Run For Fun-2079 सम्पन्न

रिपोर्ट नेपाल | 2023 Feb 11 | 02:20 pm 1369

काठमाडाैं, माघ २८ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवको अवसरमा शनिबार Unity, Team Spirit and Strength भन्ने नारासहित आयोजना गरिएको आठौं संस्करणको COAS Open Marathon and Run For Fun-2079 अन्तर्गत ४२.१९५ कि.मि. खुल्ला म्याराथनमा प्रथम हुने नेपाली सेनाका सिपाही राजन रोकायलाई पुरस्कृत गरेका छन् ।

कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला/पुरुष), सैनिक सहचारी, उपत्यका भित्र अवस्थित सैनिक महाविद्यालय/विद्यालय तथा राष्ट्रिय सेवा दलका क्याडेटहरु र नेपाली सेनाका अधिकृतहरुको सहभागितामा १० कि.मि. दौड (महिला/पुरुष) तथा नेपाली सेना लगायत अन्य सुरक्षा निकायका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु एवं अतिथिहरुका लागि ५ किलोमिटर
वाकाथन समावेश गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, काठमाण्डौं महानगरपालिकाका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, सैनिक सहचारीहरु, संचारकर्मी तथा खेल प्रेमी दर्शकहरुको उपस्थिती रहेको विशेष समारोहमा श्री सैनिक व्याण्डबाट सांगितिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विभिन्न विधामा विजयी धावकहरुलाई पुरस्कार वितरण
गरिएको थियो ।

8th COAS Open Marathon & Run For Fun 2079 अन्तरगत संचालन भएको विभिन्न ईभेन्टहरुको नतिजा
(क) १० कि.मि. सैनिक महाविद्यालय/विद्यालय/राष्ट्रिय सेवा दलका क्याडेट छात्रा तर्फ
सि.नं. विद्यालयको नाम

नामथर समय नतिजा पुरस्कार कै.

१ राष्ट्रिय सेवादल

सोनु घतानी ३५:०७:६२ प्रथम रु. १०,०००।-

२ राष्ट्रिय सेवादल

साधना श्रेष्ठ ३८:२५:४३ द्वितिय रु. ७,०००।-

३ विजेश्वरी ज्ञान मन्दिर

मनिषा गिरी ३९:४०:८५ तृतीय रु. ५,०००।-

(ख)

१० कि.मि. सैनिक महाविद्यालय/विद्यालय/राष्ट्रिय सेवा दलका क्याडेट छात्र तर्फ

सि.नं. विद्यालयको नाम

नामथर समय नतिजा पुरस्कार कै.

१ पिनाकल एकेडेमी

विकेश घिमिरे ३५:०७:६२ प्रथम रु. १०,०००।-

२ राष्ट्रिय सेवादल

प्रज्वल श्रेष्ठ ३८:२५:४३ द्वितिय रु. ७,०००।-

३ सैनिक आवासिय
महाविद्यालय सुशील बोहरा ३९:४०:८५ तृतीय रु. ५,०००।-

(ग) १० कि.मि. सैनिक अधिकृत महिला तर्फ
सि.नं. युनिट दर्जा नामथर समय

नतिजा पुरस्कार कै.

१ श्री युद्धकवच गण उप सेनानी अस्मिता जि.सी.

४८:३६.४३ प्रथम रु. १०,०००।-

२ श्री चण्डीदल गण उप सेनानी दुर्गा के.सी.

४९:५४:७७ द्वितिय रु. ७,०००।-

३ श्री गोरखकाली गुल्म सेनानी गीता गुरुङ्ग

५८:३९:०० तृतीय रु. ५,०००।-

(घ) १० कि.मि. सैनिक अधिकृत पुरुष तर्फ
सि.नं. युनिट दर्जा नामथर समय

नतिजा पुरस्कार कै.
१ श्री जगदल गण उप सेनानी सुरज ऐरी ३८:००:९८ प्रथम रु. १०,०००।-
२ श्री नेपाली सैनिक प्रतिष्ठान सह सेनानी विशाल चन्द्र वाजी ३९:१५:३१ द्वितिय रु. ७,०००।-
३ श्री प्रतिविद्रोह तथा जंगल
वारफेयर शिक्षालय सह सेनानी जिलेश्पी जंग कार्की ३९:३६:९५ तृतीय रु. ५,०००।-

(ङ) २१ कि.मि. हाफ म्याराथन खुल्ला पुरुष
सि.नं. युनिट दर्जा नामथर समय

नतिजा पुरस्कार कै.

१ नेपाली सेना अम. दिपक अधिकारी

१:०४:०६ प्रथम रु. ७५,०००।-

२ नेपाली सेना सि. मुकेश पाल

१:०४:५७ द्वितिय रु. ५०,०००।-

३ बाग्लुङ्ग तिर्थ पुन

१:०५:१५ तृतीय रु. ३५,०००।-

नोट. प्रथम हुने पुरुष धावकलाई काठमाण्डौं महानगरपालिकाबाट प्रायोजन गरिएको यामाहा कम्पनीको मोटरसाईकल
प्रदान गरिएको ।
(च) २१ कि.मि. हाफ म्याराथन खुल्ला महिला
सि.नं. युनिट दर्जा नामथर समय

नतिजा पुरस्कार कै.

१ श्री नेपाल प्रहरी प्र.ज. राजपूरा पछाई

१:१४:३४ प्रथम रु. ७५,०००।-

२ नेपाली सेना सि. पूर्णलक्ष्मी न्यौपाने

१:१९:०३ द्वितिय रु. ५०,०००।-

३ नेपाली सेना सि. निर्मला के.सी.

१:२१:२९ तृतीय रु. ३५,०००।-

नोट. प्रथम हुने महिला धावकलाई कुजु नेपाल प्रा.लि. बाट प्रायोजन गरिएको यदिया कम्पनीको ईलेक्ट्रिक स्कुटर र
प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री (अ.प्रा.) अक्षय कोषबाट नगद रु. २५ हजार प्रदान गरिएको ।
(छ) ४२.१९५ कि.मि. म्याराथन दौड तर्फ
सि.नं
. युनिट दर्जा नामथर समय नतिजा नगद पुरस्कार
कै.

१ नेपाली सेना सि. राजन रोकाय

२:२०:०८ प्रथम ३,००,०००।-
२ नेपाली सेना अम. खड्क बहादुर खड्का २:२१:४३ द्वितीय २,००,०००।-
३ नेपाली सेना जम. कृष्ण बहादुर बस्नेत

२:२२:२२ तृतीय १,००,०००।-

४ सशस्त्र प्रहरी बल नेपाल सहायक

हु. गोपीचन्द्र पार्की २:२७:१८ चौंथो ५०,०००।-

५ नेपाली सेना हु. खगेन्द्र भाट

२:२९:५० पांचौ ३०,०००।-

६ नेपाली सेना सि. देवराज महत्तरा

२:२९:५२ छैंठौ २५,०००।-

७ नेपाली सेना हु. मोहन देव जोशी

२:३०:०८ सातौ २०,०००।-

८ नेपाली सेना सि. राजन मेयोङ्गवा

२:३०:४० आठौं १५,०००।-

९ नेपाली सेना सि. प्रताप खड्का

२:३०:४४ नवौं १०,०००।-

१० नेपाली सेना प्युठ जुनेश खड्का

२:३३:३८ दशौं ५,०००।-

नोट. प्रथम हुने पुरुष धावकलाई रिसिक अटोमोवाईल्स प्रा.लि.बाट प्रायोजन गरिएको यमाहा कम्पनीको मोटर
साईकल तथा द्वितीय हुने धावकलाई काठमाडौँ महानगरपालिकाबाट प्रायोजन गरिएको स्कुटर प्रदान गरिएको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.