सशस्त्र प्रहरीद्वारा नदीमा बेपत्ता रोकायको शव फेला

| 2023 Feb 11 | 02:12 pm 1745

सुर्खेत, माघ २८ः जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले शुक्रबार फेला पारेको छ ।

माघ २६ गते डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ बर्षिय मकर रोकाय र २१ बर्षिय बि.बि.रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका थिए ।

सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बि.बि.रोकायको शव फेला पारेको हो । अर्का एक जनाको खोजीकार्य भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.