विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट शुरू हुँदै

रिपोर्ट नेपाल | 2023 Feb 10 | 08:05 am 969

काठमाडौं, माघ २७ः विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उदघाटन आजबाट हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका बिहान ९ बजे महाधिवेशनको उदघाटन हुने भएको हो ।

पार्टी गठन भएयता उसले पहिलो पटक महाधिवेशन गर्न लागेको विवेकशील साझा पार्टीले जनाएको छ । केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समितिले महाधिवेशन तयारी गरेको नेता मिलन पाण्डेले बताए । महाधिवेशन भोलिसम्म चल्नेछ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.