सशस्त्र प्रहरीद्वारा खैरो हिरोईन जस्तो देखिने धुलोसहित दुई जना नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Feb 09 | 08:33 am 1097

काठमाडाैं, माघ २६ः खैरो हिरोईन जस्तो देखिने करीव दुई ग्राम धुलोसहित सशस्त्र प्रहरीले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फुटाहा स्थित सीमा ईलाकाबाट दुई जनालाई नियन्त्रमा लिएको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका १० बस्ने २० वर्षिय बरिष्ठ बहादुर शाही र २० वर्षिय दिपेन्द्र न्यौपाने रहेका छन् । उनीलाई उक्त धुलोसहित सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फुटाहाले नियन्त्रणमा लिएको हो । बरामद गरिएको उक्त खैरो हिरोईन जस्तो देखिने धुलोसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरीका कार्यालय मैनापोखरीमा बुझाईएको छ ।

चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ तथा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी मजगावाले नियन्त्रणमा ल्याएको हो ।बरामद गहुँ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.