अवैध लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2023 Feb 08 | 02:53 pm 1113

वीरगञ्ज, माघ २५ः  ठूलो परिमाणको लागूऔषधसहित वीरगञ्ज प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौडा उपमहा नगरपालिका–९ का ४२ वर्षीय निर्मल पौडेल, सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का रहेका छन् ।

मालबाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । लागूऔषध ढुवानीमा प्रयोग भएको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागूऔषध २३३ बोत्तल फेला परेको गिरीले बताए । लागूऔषध र ट्रक सहित पक्राउ परेका तीनै जनालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.