काठमाडाैं, माघ २५ः आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न एक जना ब्यक्तिलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी गाँउपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौं नयाँबस्ती बस्ने बर्ष २० की युनिसा भन्ने स्वस्तिका श्रेष्ठ रहेकी छन् ।
उनले Facebook, Instagram जस्ता सामाजिक संजाहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथिको नाममा Fake Facebook Account खोली निज साथिको फोटो, स्टाटस समेत Post Timeline मा अपलोड गरी Friend Request पठाई साथी बनाई केटा साथीहरुलाई म्यासेन्जर मार्फत बिभिन्न बर बहाना बनाई समस्या देखाई निजहरुलाई केहि समयको लागि आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई लिई ठगी गर्ने कार्यमा समेत संलग्न रहेको भन्ने ब्यहोराको जाहेरी दरखास्त यस कार्यालयमा पर्न आएको थियाे ।
उक्त जाहेरी दरखास्तको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा उक्त कार्यमा संलग्न
उनीलाई मंगलबार पक्राउ गरी बिद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटि, काठमाण्डौंमा पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।