सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना पक्राउ 

रिपोर्ट नेपाल | 2023 Feb 05 | 06:04 pm 1357

सिरहा, माघ २२ः सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस  हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट
उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा  लाहान नगरपालिका वडा नम्बर  १९ स्थायी
घर भएका वर्ष ३० का माेहम्मद ओसिन र   २२ वर्षिय माेहम्मद राज शेख  रहेका छन् । विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान
सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ ।

उनीहरुलाई बरामद नाेट तथा सामान सहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.