लागूऔषध सेवन गरी सवारी चलाउने ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

| 2023 Feb 04 | 09:17 pm 1117

काठमाडौँ, माघ २१ः ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२ – ०२६ प ८९ ६० नम्बरको मोटरसाइकल चालक नुवाकोटको विदुर नगरपालिका ३ घर भई
हाल नेपालटार बस्ने ३५ वर्षीय रविन्द्र आचार्य , रा ७ प ९३१ नम्बरको स्कुटर चालक सल्यानको शारदा नगरपालिका १ घर भइ हाल सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२ -०१६ प ०७ ७८ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका २ घर भइ हाल बौद्द बस्ने २६ वर्षीय विवेक प्रधान रहेका छन् ।

उनीहरूलाई लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,
लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी
साधन चेकजाँच गरेको थियो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले लागुऔषध समेत सेवन गरी सवारी साधन चलाइएको पाइएपछी प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट लागूऔषध चेकजाँच अभियान सुरु गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.