गाँजा सहित कन्टेनर चालक पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 12 | 03:36 pm 2316

मकवानपुर, साउन २७: मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ७ मनहरी चेकपोष्टमा चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौडातर्फ जाँदै गरेको ना ४ ख २९३ नम्बरको कन्टेनरमा रहेको १ सय १३ किलो लागूऔषध गाँजा सहित कन्टेनर चालक चितवन राप्ती नगरपालिका १ बस्ने ४१ वर्षीय विष्णुभक्त श्रेष्ठलाई आज आइतबार प्रहरीले पक्राउ गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार कन्टेनर जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएपछि कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.