नेपाल प्रहरीका ५३ जना एसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

| 2023 Feb 02 | 06:58 pm 1913

काठमाडौं, माघ १९ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । मानव स्रोत विकास विभागका अनुसार अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा गरिएको छ । यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला सरुवा हुँदा गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ ।

यसैगरी सिराहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ । महोत्तरीमा प्रकाश मल्ल, पश्चिम नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.