प्यारालाइसिसका समस्या र निदानको उपाय

रिपोर्ट नेपाल | 2018 Aug 12 | 02:39 pm 3150

काठमाडौँ, साउन २७ : स्नायु आपूर्ति हुन नसकेर मंसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ । प्यारालाइसिस धेरै कारणले हुन्छ । त्यसमध्य मस्तिष्कघात (ब्रेनअट्याक)को कारणले हुने प्यारालाइसिस नै जनमानसमा परिचित छ ।

हृदयघात र क्यान्सरले हनृ मृत्युको तोस्रो मुख्य कारण बनेको मस्तिष्कघात अस्पतालको सघन उपचारकक्षमा प्रवेशको प्रमुख कारण पनि हो । अप्रत्यासित रुपमा अपर्झट हुने तत्कालै ज्यान जान पनि सक्ने र बााचिहाले पनि अधिकांश अपांगता, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्याको मुख्य कारण भने मस्तिष्कको रक्तसंचारसँग सम्बन्धित छ ।

मस्तिष्कलाई रक्तआपूर्ति गर्ने धमिनीहरुले फुटेर रक्तश्राव भएर वा हुन नसक्दा मस्तिष्कका तन्तुहरु मर्न जाने समस्यालाई मस्तिष्कघात भनिन्छ । मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो । सम्पूर्ण मानसिक र शारिरिक नियन्त्रण पनि यसैबाट हुन्छ । मस्तिष्कघात हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सुचारु हुन नसक्दा शरीर, मन र भावनासँग सम्बन्धित समस्याहरु देखा पर्छन् । जसमध्ये प्यारालाइसिस पनि एक हो ।

लक्षण र निदान
अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिँगटा लागनु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एकापाटो झमझम गर्नु, निदाउनु वा कमजोरी देखा पर्नु, होस हराउनु, एकाएक दृष्टि धूमिलो हुनु, बन्द हुनु, बोली लटपटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, बान्ता हुनु मस्तिष्कघातका लक्षण हुन् ।

मस्तिष्कघात आपतकालीन स्थिती भएकाले माथि उल्लिखित लक्षण देख्नेबित्तिकै बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउन सकियो त्यति नै अपंगता कम गराउन सकिन्छ र बचाउन सकिन्छ । मस्तिष्कघातको आपतकालीन अवस्थालाई सम्हाल्न न्यूरोलोजिस्टहरुको टिम नै चाहिन्छ । यसमा रेडियोलोजिस्ट र प्याथोलोजिस्टहरुको पनि उत्तिकै भूमिका हुन्छ ।

घातको प्रकृति, प्रकार र क्षतिग्रस्त स्थान थाहा पाउन सिटी स्क्यान, एमआरआई, ट्रसक्रेनियल डोपलर, केरोटिटडोपलर जस्ता निदान पद्धति अपनाइन्छ । पित्त तथा मूत्र परीक्षणबाट रोगको कारण थाहा पाउन सकिन्छ । आपतकालीन व्यवस्थापनका लागि सघन उपचारकक्ष हुनु नितान्त आवश्यक छ । घातको प्रकृति र कारण थाहा पाएपछि खतराको स्थितिको आधारमा औषधि वा अप्रेसनद्वारा उपचार अगाडि बढाइन्छ ।

मस्तिष्कघातका समस्याहरु
सघन वा आपतकालीन उपचारपश्चात् पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन । बाँचेको मध्ये १० प्रतिशत पूर्ण रुपमा निको भएका छन् भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरनतर चिकित्सा सेवा लिनुपर्ने खालको समस्या देखापरेको छ ।

मस्तिष्कघातले आघात पुर्याएको स्नयाुकेन्द्रमा स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरु देखापर्छन् । जसमध्ये आधा शरीर नचल्ने , बोल्न नसक्ने वा लडबडाउने मुख्य समस्यका रुपमा देखिएका छन् ।

एकापट्टिको हातखुट्टा वा अनुहारमा झमझमाहट हुने, भारीपन वा कमजोरी देखिने, खाना चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुने, स्पर्श, शारीरक संवेदना थाहा नपाउने, मुड परिवर्तन भइरहने, स्मरणशक्ति, एकाग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिने र भावनात्मक रुपमा कमजोर हुने जस्ता अन्य समस्या आउन सक्छन् ।

कसलाई सम्भावना धेरै हुन्छ ?
५० बर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएका, ती रोगका औषधि सेवन कहिले गर्ने कहिले नगर्ने, अति व्यस्त जीवनशैली भएका, तनाव चिन्ता शोकमा परेकाहरु, मुट तथा रक्तसञ्चारसम्बन्धी समस्या भएका, पुराने माइग्रेन भएकाहरुलाई मस्तिष्कघात हुने जोखिम उच्च हुन्छ ।

यसबाहेक रक्तश्रावसम्बन्धी समस्या जस्तै घाउ हुँदा रगत धेरै बग्ने वा नसाभित्रै रगत जम्ने रोग भएका, गर्भनिरोधक औषधि खाने महिला, परिवारमा मस्तिष्कघातका इतिहास भएका, पुरानो मस्तिष्क संक्रमणले ग्रस्त भएका रोगीमा मस्तिष्कघात धेरै देखिएको छ ।

प्यारालाइसिस व्यवस्थापन
प्यारालाइसिसका बिरामीलाई पूर्ण व्यवस्थापनको लागि उपयुक्त उपचार, स्याहार, पुनस्र्थापनको आवश्यकता पर्छ । यसका लागि कुनै एक चिकित्सक वा व्यक्ति नभएर विभिन्न क्षेत्रका विशेषज्ञ र व्यक्तिहरुको सामूहिक प्रयास चाहिन्छ ।

स्नायु रोग तथा मुटुरोग विशेषज्ञ, प्राकृतिक चिकित्सक, फिजियोथेरापिस्ट, अकुपंचर, स्पिचथेरापिस्ट, योगाथेरापिस्ट, नर्सिङ, मनोचिकित्सक आदिको सामूहिक प्रयासबाट मात्र प्यारालाइसिसको व्यवस्थापन गर्न सकिन्छ ।

उपचार
मस्तिष्कघात आपतकालीन अवस्थामा भएकाले यसको उपचार सघन उपचार कक्षबाटै सुरु हुन्छ । मस्तिष्कघातको लक्षण देखिनेबित्तिकै बिरामीलाई जतिसक्दो चाँडो सुविधासम्पन्न सघन उपचार केन्द्रमा लैजानुपर्छ । लापरबाही गरेमा वा ढीला भएका मस्तिष्कघातबाट बिरामीको ज्यानै जान सक्छ वा दिमागका कोषहरु धेरै नष्ट हुन सक्छन् ।

आपतकालीन अवस्थाबाट मुक्त भएपछि र आवश्यक औषधि दिएर जब बिरामीलाई अस्पतालबाट घर पठाइन्छ तब कहिल्यै पनि प्यारालाइसिस निको नहुने रोग भनेर घरैमा राख्नु हुदैन । त्यसपछि उसको अन्य उपचार र पुनस्र्थापनाका लागि उपयुक्त उपचार केन्द्रमा लैजानु पर्छ ।

प्यारालाइसिस बिरामीको लागि फिजियोथेरापी, प्राकृतिक चिकित्सा, योगा अकुपंचर विधिहरु प्रभावकारी छन् । यी विधिहरुको छुट्टाछुट्टै प्रयोगभन्दा संयुक्त रुपमा प्रयोग गर्दा बढी प्रभावकारी हुने भएकाले सकेसम्म सबै सुविधा एकै ठाउँमा उपलब्ध भएको अस्पतालमा उपचार गर्दा राम्रो हुन्छ । आवश्यकता अनुसार स्पिचथेरापी र मनोपरामर्श सेवा पनि दिनुपर्ने हुन्छ।

प्यारालाइसिसको बिरामीलाई उपचार मात्र नभएर उचित हेरचाहको पनि आवश्यकता पर्छ । यसका लागि नर्सिङ स्टाफ र परिवारका सदस्यको महत्वपूर्ण भूमिका हुन्छ । बिरामीलाई खानपान देखि दिसापिसाब, कपडा लगाउने, हातमुख धुने, नुहाउनेसम्मका सबै कामका ख्याल गनुपर्ने हुन्छ । लामो समय सुत्नुपर्ने भएकाले शरीरको पछाडीको भागमा घाउ हुने सम्भावना हुन्छ ।

यसबाट बच्नका लागि बिरामीका शारीरिक अवस्था वा विशेष ख्याल राख्नुपर्ने हुन्छ । प्यारालाइसिसको बिरामीको मानसिक अवस्था पनि कमजोर हुने भएकाले भावनात्मक रुपमा पनि सहयोग र प्रेम गर्नुपर्ने हुन्छ ।

पुनर्स्थापन
मस्तिष्कघातबाट प्यारालाइसिस भइसकेपछि केवल १० प्रतिशत बिरामीमात्र पूर्ण रुपमा निको भएर पहिलाको अवस्थामा फर्कन्छन् । १५ प्रतिशत मानिसको मृत्यु नै हुन्छ भने ७५ प्रतिशतमा केहि न केहि असर बाँकी रहन्छ ।

ती बिरामीको आंशिक वा पूर्ण रुपमा निर्भर हुने भएकाले उनीहरुलाई शारीरिक र मानसिक रुपमा पुनर्स्थापन गर्नुपर्ने हुन्छ । यसको मुख्य उद्देश्य परिनिर्भरता कम गरेर बिरामीको दैनिक कठिनाइ हटाउदै लगेर सहजता ल्याउनु नै हो ।

स्वास्थ्य खबरपत्रिका चिकित्सक बस्नेत वेलसन अस्पतालका महाराजगन्जका निर्देशक

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.