काठमाडाें, माघ १४ः त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान डिले भएको छ।
नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज एक घण्टा भन्दा बढी समयदेखि रोकिएको हो।
उनले भने, ‘इमिग्रेसनमा सम्स्या आएपछि प्यासेन्जरहरु आवतजावतमा रोक भएकोले उडान डिले भई रहेको छ। अहिले फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डिया लगायतका ५ देखि ६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको छ।’