काठमाडौं, माघ ७ः बरिष्ठ कलाकार तथा निर्देशक बिनोद के.सी.ले चलचित्र निर्माण गर्ने भएका छन् । सामाजिक सद्भाव र अनुहार हरेर गरिने भेदभावका साथै कामलाई सानो ठूलो भन्न नहुने लगायतको गतिविधि सहित निर्माण हुने चलचित्रमा अर्का हास्य कलाकार शिवशंकर रिजाल (गोगिन्दर पानवाला) ले मुख्य नायकका रुपमा अभिनय गर्ने भएका छन् ।

त्यसैगरी अन्य कलाकारहरुमा चर्चित उद्घोषिका तथा गायिका मञ्जु पौडेलले नायिकाको रुपमा अभिनय गर्ने भएकी छिन । गायकी र उद्घाेषणमा मात्र नभइ जस्ताेसुकै भूमिकामा पनि अभिनय गर्ने क्षमता भएकी मञ्जु निर्देशक के.सी सँग पारिवारिक सम्बन्धमा निजकताकै कारण के.सी निर्देशन गरेकाे विभिन्न जनचेतना मुलक टेली विज्ञापनहरूमा समेत अभिनय गरी सकेकी छिन् । त्यसैगरी खल नायकको भूमिकामा हास्य कलाकार दमन रुपाखेतीले भूमिका निर्वाह गर्ने भएका छन् ।
सहर्ष गणेश फिल्मस् एण्ड एड्भर्टाइजिङ्ग सर्भिसको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको निर्माण तथा निर्देशक बिनोद के.सी.ले बताए । निर्माता बिनोद के.सी र उक्त चलचित्रमा नायकको जिम्मेवारी पाएका शिवशंकर रिजाल (जोगिन्दर) बीच शुक्रबार भद्र सम्झौता भएको छ ।

सम्झौता पछि रिपोर्ट नेपालसँग कुरा गर्दै हास्य कलाकार जोगिन्दरले चलचित्रको कथा वस्तु हेरेपछि आफूलाई ज्यादै खुसी लागेको बताए । चलचित्रले मधेसी समुदाय र पहाडी समुदाय बीच अझै पारस्परिक सम्बन्ध बढ्ने कुरा बताए ।