अबैध रुपमा काठ ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2023 Jan 18 | 06:51 pm 1233

बर्दिया, माघ ४ः अबैध रुपमा काठ ओसार पसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया बारबर्दिया नगरपालिका-०९ बस्ने सुरेश राज चौधरी रहेका छन् ।

सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७९/०२/११ गतेको फैसला आदेशले अबैध रुपमा काठ ओसार पसार गरी चिरान गरेको २ वटा छुट्टाछुट्टै मुद्दामा रू. १ लाख १९ हजार ३ सय ५ र रू.१ लाख ७५ हजार ८ सय ३२ गरी जम्मा रू.२ लाख ९५ हजार १ सय ३७ जरिवाना सजाय तोकेकाे थियाे ।

फरार प्रतिवादी चाैधरीलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरी टोलीले बुधबार निजकै घर वतनमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा बुझाईएको प्रहरी निरीक्षक हृदेश कुमार सापकाेटाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.