पुतली सडकमा खुल्यो रसिलो म.म

| 2023 Jan 18 | 04:33 pm 7021

काठमाडौं, माघ ४ः राजधानीको मुटु मानिने पुतलीसडकमा चार युवा व्यवसायीले अत्याधुनिक मेसिनबाट तयार गरेको म.म पसल खोलेका छन् ।

No description available.

बुधबार बरिष्ठ हास्य कलाकार शिवहरी पौडेलद्वारा उद्घाटन गराइएको म.म पसल कमलादी मोडमै रहेको छ । प्रति घण्टा दुई सय प्लेट म.म तयार गर्ने मेसिनबाट बनाइएको म.म पसलको उद्घाटन गर्दै बरिष्ठ हास्य कलाकार शिवहरी पौडेलले म.म.का पारखीका लागि रसिलो म.म.ले स्वाद पस्किने कुरामा आफू आशावादी रहेको बताए ।

म.म बनाउने मेसिनको अवलोकण पछि उद्घाटन गरिएको रसिलो म.म.को स्वाद लिदै बरिष्ठ कलाकार पौडेलले टेलीसिररियलहरुका प्वाक्क मुखमा हन्नु भने पनि आज यो म.म.को स्वाद लिएपछि क्वाप्प मुखमा हालु जस्तो म.म रहेको बताए ।

No description available.

काठमाडौं उपत्यकामा आठ स्थानमा म.म.का पारखीको चाहानालाई पूरा गराउने सोच भएको रसिलो म.म.का संचालक कपिल श्रेष्ठले बताए ।

रसिलो म.म एक किसिमको ब्राण्ड बनाएर सयौं बेरोजगार युवालाई रोजगार दिने मनासयले कपिल श्रेष्ठ, जिवन परियार, अमर सुवाल र देबेन्द्र क्षेत्रीले लगानी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.