काठमाडाैं, माघ ३ः नेपाल मगर संघ जिल्ला समिती बाराको ७औं जिल्ला अधिवेशन माघ ७ गते शनिबार निजगढ नगरपालिकाको सिंगोलमा हुने भएकाे छ ।
उक्त अधिवेशनको प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष गंगा मगर रहने बताइएकाे छ । अधिवेशनमा जिल्लाको बिभिन्न जातिगत संगठन राजनितीदलका प्रतिनिधि नगरपालिकाका प्रतिनिधि लगायत आमन्त्रीत सबै जनाकाे उपस्थित रहने जनाइएकाे छ ।
सोही अधिवेशनमा सक्रांन्ति कार्यक्रम पनि राखिएकाे छ। कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मिलन मगरले जानकारी दिएका छन् ।