प्रधानमन्त्री र डा. केसीबीच बालुवाटारमा वार्ता, के-के विषयमा भयो छलफल?

| 2018 Aug 11 | 03:11 pm 1771

काठमाडौं, साउन २६: प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको छ। १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा डा. केसीले प्रधानमन्त्री ओलीसँग वार्तामा बसेका हुन्।

यसअघि प्रधानमन्त्री ओली र डा. केसीबीच वान टू वान वार्ता हुने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण हुन सकेन ।

भेटमा डा. केसीले सहमति अनुसार चितित्सा शिक्षा विधेयक ल्याउन आग्रह गरेका थिए। प्रधानमन्त्रीले सहमतिप्रति आफु प्रतिवद्ध भएको प्रतिक्रिया दिएका थिए। १५ दिन भित्र माग पुरा गर्ने भनिए पनि सरकारले वेवास्ता गरेको भन्दै डा. केसीले चिन्ता व्यक्त गरेका थिए।

भेटमा केसीले सबै नेपालीले सर्वसुलभरुपमा स्वास्थ्य उपचार पाउनु पर्ने बताएका थिए। प्रधानमन्त्रीले फेरी अनशन बस्ने अवस्था नआउने भन्दै डा. केसीलाई आश्वास्त पारेका थिए। चिनित्सा शिक्षा विधेयकमा तोडमोड गरे पुन अनशन बस्ने केसीले प्रधानमन्त्रीलाई बताएका थिए।

स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार १६ गतेबाट १५ औं अनशा जुम्लाबाट सुरु गरेका थिए।

काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले साउन ९ गते राति अनशन तोडेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.