आजै एसएसपीको सरुवा हुने

| 2023 Jan 12 | 05:44 pm 2769

काठमाडौं, पुस २८ः बिहीबार बिहान गृह मन्त्रालयले १७ प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा गरे लगत्तै प्रहरी प्रधान कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा गर्न लागेको छ ।

रिपोर्ट नेपाललाई एक भरपर्दो स्रोतले दिएको जानकारी अनुसार एसएसपीको सरुवाका लागि प्रधान कार्यालयमा छलफल भइरहेको बुझिएको छ ।

यो समाचार तयार पार्दासम्म सरुवा नभए पनि आजै राती सरुवा प्रकाशित हुने स्रोतको दावी छ । त्यसै गरी गृह मन्त्रालयले आज गरेको डिआइजीको सरुवा हेर्दा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी घट्ने सम्भावना देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.