मापदण्ड भन्दा बढी धुँवा फाल्ने १३ सवारी साधान ट्राफिक प्रहरीको कारबाहीमा

रिपोर्ट नेपाल | 2023 Jan 09 | 05:37 pm 2345

काठमाडौं, पुस २५ः ललितपुरको जावलाखेलमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने १३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । मापदण्ड भन्दा बढी धुँवा फाल्ने पिकअप भ्यान ७, भाडाको बस २ र माइक्रो हाइस ४ वटा गरी १३ ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोमबार जावलाखेलमा ४१ ओटा सवारीलाई चेक गर्दा १३ वटा कारबाहीमा परेका हुन् । सवारी साधान मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

धुँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरीक भट्टले अनुरोध गर्नुभएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.