बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम नियुक्त

रिपोर्ट नेपाल | 2023 Jan 09 | 02:59 pm 1061

काठमाडौं,पुस २५ः बागममती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ उपधारा (२) बामोजिम उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.