भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jan 04 | 07:59 am 1109

गुल्मी, पुस २०ः गुल्मीमा भीरबाट लडेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्काेट गाउँपालिका -२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनाल रहेकी छन् ।

मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेकाे केही समयमै उनकाे ज्यान गएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल झरेकी थिइन् ।

शवलाई अहिले पाेष्ट मार्टमकाे लागि गुल्मी अस्पताल लगिएकाे प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.