सर्लाही, पुस १९ः सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख एवम सशस्त्र प्रहरी बल नेपाल, सर्लाहीका प्रमुख जि.प्र.का.सर्लाहीमा कार्यालय रहेका सिनियर प्रहरी अधिकृतहरू सहित सिमानाकामा हुने तस्करी तथा अपराधिक गतिविधिहरु नियन्त्रण सम्बन्धी छलफल सम्पन्न भएकाे छ ।
यस जिल्ला प्रहरी कार्यालय सर्लाही प्रत्यक्ष मातहत तथा सिमा नाकामा रहेका प्रहरी ईकाईका ईन्चार्जहरुको उपस्थितीमा हालको विधमान शान्ति, सुरक्षा, सिमानाकामा हुने तस्करी,भन्सार छली,चोरी निकासी पैठारी,लागूऔषध ओसार पसार रोकथाम नियन्त्रण तथा अन्य अपराधिक गतिविधिहरु समसामयिक बिषयमा आवश्यक निति निर्देशनहरु दिएकाे प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए ।