काठमाडौं, पुस १९ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गरेकी छन्।
शिष्टाचार बिदाइ भेटमा राष्ट्रपति भण्डारीसँग नेपाल र श्रीलङ्काको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
बिदाइ भेटका लागि राजदूत अरुणातिलका मङ्गलबार दिउँसो राष्ट्रपति कार्यालयमा महाराजगञ्ज पुगेकी थिइन्।
