पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

रिपोर्ट नेपाल | 2023 Jan 01 | 03:22 pm 1437

कास्की, पुस १७ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल उद्घाटन गरेका हुन्। प्रधानमन्त्रीसँगै अन्य राजनीतिक दलका शीर्ष नेता पनि पोखरा आएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा विहानैदेखि नियमित उडान गर्ने र ११ बजेपछि उद्घाटन कार्यक्रम सुरु हुने भनिए पनि मौसम खराबीले विमानस्थल नखुल्दा प्रधानमन्त्री आउन ढिलाई भएको थियो। मौसमका कारण विमानस्थल करिब १२ बजेतिर मात्र खुलेको थियो। बुद्ध एयरको जहाजमा प्रधानमन्त्री दाहाल पोखरा ओर्लेका थिए।

आइतबारदेखि संचालनमा आएको विमानस्थलमा सौर्य, बुद्ध, यती र गुण एयरलाइन्सको जहाज अवतरण गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल बनेको खुसीयालीमा अहिले हजारौं पोखरेली विमानस्थलको बाहिर भेला भएका छन् । विभिन्न समुहले झाँकी प्रदर्शन गरेका छन्। व्यवसायिक समुहको पनि उत्तिकै सहभागिता रहेको छ। विमानस्थलमा मानवसागर उर्लेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.