चोरीको मोटरसाइकल सहि १ जना प्रहरीको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2022 Dec 30 | 08:21 am 1077

काठमाडाैं, पुस १५ः चोरीको मोटरसाईकल सहित ललितपुरको मंगलबजारबाट एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी वृत स्वयम्भुमा बुझाएको छ । धादिङको ज्वालामुखी गाँउपालिका १ घर भई हाल काठमाडौँको स्वयम्भु बस्ने ज्ञानेन्द्र प्रताप शाहलाई थप अनुसन्धानको लागि प्रहरी वृत स्वयम्भुमा बुझाइएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी
कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार सिद्धार्थचोकबाट च्यासिस नम्बर: MD2A 13EZ6DCB63120, ईन्जिन नम्बर :DKZCDB59301 भएको २२० सिसिको निलो रङको, बा ५७ प २२ ६१नन्बरको मोटरसाईकल हराएको भनि काभ्रेपलान्चोकको तिमाल गाँउपालिका ८ घर भइ हाल काठमाडौँको डल्लु बस्ने सानुकान्छा तामाङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्राप्त निवेदनको आधारमा खोजी गर्दा वास्तविक नम्बरमा परिवर्तन गरि बा७९प ७० ८९ नम्बर राखेर चलाउँदै गरेको अवस्थामा शाहलाई ललितपुरको मंगलबजारबाट नियन्त्रणमा लिएको थियो ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित
स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रवक्ता भट्टले अनुरोध गरे ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने बताइएकाे छ ।

मापासे गरी सवारी चलाएका १ चालकलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा मुद्धा

ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङको क्रममा मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउँदै गरेका १ जना चालकलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा मुद्धा चलाएको छ । काठमाडौँको ठमेल स्थित पकनाजोलमा बुधबार राति भएको चेकिङमा बा १ ज ६९ ५६ नम्बरको भाडाको ट्याक्सीका चालक गोर्खाको भिमसेनथापा गाँउपालिका २ घर भई हाल काठमाडौको नयाँबजार खुसिबु बस्दै आएका २५ बर्षका गोकर्ण लामिछानेलाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

लामिछानेलाई जिल्ला प्रशासन कार्यालय बबरमहलबाट अभद्र व्यबहार मुद्धामा दिन ५ (पाँच) म्याद थप अनुमती लिइ प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान शुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

रमाइलो वा चिसोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागि मा.प.से चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिईएको समेत उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.