१० वर्ष पछि रौता जनता क्याम्पस शुभारम्भ

| 2022 Dec 28 | 08:01 pm 1893

  • शंकर रिखाम मगर

उदयपुर, पुस १३ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ स्थित राजाबासमा रौता जनता क्याम्पसको शुभारम्भ गरिएको छ । क्याम्पस शुभारम्भ गर्ने क्रममा रौता जनता क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा नव निर्वाचित संघीय सांसद अम्बरबहादुर रायामाझिको अध्यक्षतामा सन्चालन गरिएको थियो भने अतिथिहरुमा रौतामाई गाउँपालिका पूर्व अध्यक्ष गजेन्द्रवहादुर खड्का लगाएत नेकपा एमालेका प्रत्यासी नेता देवराज राई रौतामाई गाउँपालिका ७ का वडाध्यक्ष मनोजकुमार राना मगर वडा सदस्य मोहन विक र नमुना मावी मुर्कुचीका प्राचार्य खड्गबहादुर थापा मगर र स्थानीय विद्धिजिवी, उद्योग वाणिज्य संघ, शिक्षक, वन समुहका प्रतिनिधि, निर्माण व्यवसायिका प्रतिनिधी साथै विद्यार्थिहरुको उपस्थिती रहेको थियो ।

No description available.

क्याम्पस संरक्षण गर्नलाई सबैको दायित्व देखिएको छ । क्याम्पसका वरिपरी वृक्षारोपण गरिएको थियो । अहिले कुनै विरुवाहरु छैनन्, क्याम्पस संरक्षण गर्ने नगर्ने छिमेकी राजाबास बासिको हातमा रहेको छ । गत ५ वर्षको कार्यकालमा वार्षिक रुपमा क्यम्पसलाई बजेट बिनियोजन गर्दै आइरहेता पनि हाल रकम बिनियोजन गरिएको छैन किन हो ? चासोको विषय भएको पूर्व पालिका अध्यक्ष गजेन्द्रवहादुर खड्काले देखाएको छ ।

No description available.क्याम्पस आउन विद्यार्थिहरुलाई बाटो टाढा भएको हुनाले ४ महिना सम्मको लागि यातायातको व्यवस्था गर्ने निर्माण व्यवसायी संघका प्रतिनिधि युवा विरेन्द्र खड्काले प्रतिवद्धता जाहेर गरेको छ ।

२०६९ साल देखि हाल १० वर्ष सम्म नमुना मावि मुर्कुचीको भवनमा पठन पाठन गर्दै आइरहेको र हाल आफ्नै भवनमा शुभारम्भ गर्दा खाने पानी देखि सडक तथा बत्तिको ठूलो समस्या रहेको
क्याम्पस प्रमुख माधव राउतले बताए । हाल शिक्षा संकाय तर्फको मात्र पठन पाठन भईरहेको क्याम्पस प्रमुख राउतले बताए ।

No description available.

यस ठाउँमा १० कक्षा पढाइ सकेपछी अन्य ठाउँमा पढ्नलाई जानुपर्ने अवस्था थियो । अहिले ११, १२ कक्षा पास गर्ना साथ आफ्नै गाउँ ठाउँमा क्याम्पस अध्ययन गर्न पाएका भाइ बहिनीहरुले उच्छ शिक्षा हासिल गर्ने थलो क्याम्पसको लागि सडक बत्ती लगाएत अन्य पूर्वाधारको लागि पूर्ण रुपमा पहल र सहयोग गर्ने रौतामाई गाउँपालिका ७ का वडाध्यक्ष मनोजकुमार राना मगरले बताए ।
No description available.
नेपालमा ९ ओटा क्याम्पस स्वीकृति हुँदा यो रौतामाई गाउँपालिकाको मुर्कुचीमा रौता जनता क्याम्पस पनि स्वीकृति हुन सफल भएको र एकान्त, रमणीय, स्वच्छ वातावरण भएको कुनै पनि कोलाहल नहुने स्थानमा बनाइएको क्याम्पसमा जुनसुकै विद्यार्थिहरुले गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने क्याम्पस अध्यक्ष तथा नव निर्वाचित संघीय सांसद अम्बरवहादुर रायामाझिले बताए । साथै शैक्षिक वातावरणको लागि अन्य ठाउँ भन्दा अतिनै राम्रो भएको कारणले सहयोगी दाताहरुमा वन समूहहरु, उदयपुर सिमेण्ट उद्योग, गाउँपालिकाहरु लगाएत खेलकुद मन्त्रालयलाई आभार प्रकट गर्दै धन्यवाद दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.