प्रधानमन्त्री दाहाल आजै सरकारी निवासमा सरे

रिपोर्ट नेपाल | 2022 Dec 28 | 07:23 pm 1145

काठमाडौं, पुस १३: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरेका छन्। उनी बुधबार साँझ सरकारी निवास सरेका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन्।

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।

प्रधानमन्त्री दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन्। जसमा उपप्रधान एवं अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र ज्वाला साह, दामोदर भण्डारी र राजेन्द्र कुमार राई मन्त्री भएका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सहमति भएपछि मन्त्रालयको टुंगो लाग्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.